यस्तो छ आजको मौसम पूर्वानुमान

२०७७ आश्विन २४ शनिबार, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिनभर मौसम सफा रहने अनुमान गरेको छ ।

हाल बंगालको खाडीको पूर्वी मध्य भागमा न्युन चापीय क्षेत्र रहेको र उक्त न्युन चापीय क्षेत्र पश्चिम उक्त दिशा तर्फ सर्दै गएकोले अबका दिनमा मुलुकको मौसम सामान्यतया सफा रहने बताएको छ ।

महाशाखाका अनुसार आज देशका प्रायः सबै प्रदेशहरुमा मौसम सफा रहने जनाइएको छ । यद्यपि, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंसिक बदली रहने छ ।

महाशाखाका अनुसार आज दिउसो बाँकी भु भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीभने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आसिंक बदली रहने तथा बाँकी भु भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार