२०७७ असार ६ शनिबार, एजेन्सी। कोरोना भाइरस नियन्त्रणका सामग्री किन्दा भष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ परेका छन् । जिम्बाब्वेका स्वास्थ्य मन्त्री ओबादी मोयो कोरोना रोकथाम र नियन्त्रणको लागि मेडिकल सामग्रीमा भ्रष्टाचार गरेको अभियोगमा गए राति पक्राउ परेका हुन् । जिम्बाब्वेकाे भ्रष्टाचार नियन्त्रण आयोगले उनलाई पक्राउ गरेको छ ।
मन्त्री मोयोलाई पक्राउ गरिएको र अदालतमा उपस्थित गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता जोन माकामुरेले बताएको चिनियाँ टेलिभिजन सीजीटीएनले जनाएको छ । मन्त्री मोयोले खरिद प्रक्रियाको गलत प्रयोग गरेर लाखौँ अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लागेको छ । जिम्बाब्वेमा औषधि वितरण गर्दै आएको एक कम्पनी गएकाे हप्ता छानबिनमा तानिएपछि मन्त्रीले नै भ्रष्टाचार गरेको भेटिएको हो ।
जिम्बाब्वेमा अहिलेसम्म कोरोनाका पाँच सय बिरामी छन् भने चार जनाको ज्यान गएको । स्वास्थ्य मन्त्री प्रकरणपछि जिम्बाब्वेमा वर्तमान सरकारमा दुई जना मन्त्री भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो