२०७७ आश्विन २४ शनिबार, एजेन्सी । भिडियो सेयरिंग एप टिकटकमाथि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको छ । पाकिस्तान सरकारले अश्लिल र अनैतिक सामग्री फिल्टर गर्न असफल भएको भन्दै टिकटकमा प्रतिबन्ध लगाएको हो ।
सरकारले टिकटकविरुद्ध अनैतिक र अश्लिल सामग्रीको बारेमा समाजका विभिन्न क्षेत्रबाट उजुरी परेपछि प्रतिबन्ध लगाएको जनाएको छ । सरकारले टिकटकमाथिको प्रतिबन्ध अश्लिल सामग्री फिल्टर गर्ने कुनै व्यवस्था गरेमा समिक्षा गर्न सकिने समेत बताएको छ ।
पाकिस्तानले टिकटकमा प्रतिबन्ध लगाएपछि टिकटकले प्रतिक्रिया दिदै जुन देशमा टिकटकको प्रयोग गरिन्छ त्यस देशको कानुन मान्न प्रतिबद्द रहेको जनाएको छ । साथै टिकटकले यस विषयमा आफुहरु पाकिस्तानी टेलिकम्युनिकेसन अथोरिटीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
चिनिया एप टिकटकलाई यस अघि भारतले प्रतिबन्ध लगाएको थियो । त्यस्तै अमेरिकाले पनि टिकटकलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ भएन अहिले यस बारेमा कानुनी लडाई पनि जारी रहेको छ । साथै टिकटकले अमेरिकामा आफ्नो साझेदार ओराकललाई बनाउने गरि प्रस्ताव अगाडी बढाएको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’