सीमा भिडन्त ‘नियोजित उक्साहट’- चीन

२०७७ असार ६ शनिबार, एजेन्सी । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भारतीय फौज चिनियाँ भूभागमा प्रवेश गरेर आक्रमण गरेपछि ‘भीषण युद्ध’ निम्तिएको बताए। उनले चिनियाँ फौजको हताहतबारे भने विवरण दिएनन्।

शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी सेना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताएका थिए। गलवान उपत्यकामा भएको भिडन्तमा बीस भारतीय सैनिक मारिएका थिए। भारतले भिडन्तमा दुवै पक्षको क्षति भएको बताएको छ।

एकपछि अर्को ट्वीट गर्दै झाओले गलवान उपत्यका चिनियाँ भूमिमा पर्ने बताए। दुई आणविक शक्ति सम्पन्न यी दुई देशबीच यो क्षेत्रमा सीमा रेखा स्पष्ट छैन त्यसैले राम्रोसँग सीमाङ्कन नगरिएको लाइन अफ एक्चुअल कन्ट्रोल एलएसी मानिन्छ।

झाओले चिनियाँ र भारतीय अधिकारीबीच मे महिनामा सम्झौता भएपछि चिनियाँ क्षेत्रमा बनाएको संरचना भारतले भत्काएर सुरक्षा फौज फिर्ता लगेपछि तनाव घट्दै गएका बेला घटना भएको बताएका छन्। झाओले भने, “गलवान उपत्यकामा स्थिति सामान्य बन्दै गएका बेला जुन १५ तारिखका दिन फेरि भारतीयहरूले नियन्त्रित सीमा रेखा (एलएसी) पार गरे।”

उनले भने, “सीमामा खटिएका भारतीय फौजले चिनियाँ अधिकारी र सिपाहीहरूमाथि हिंस्रक आक्रमण गरे त्यसपछि भिडन्त भयो र मानिसहरू मारिए।” भारतीयहरूले गलवान उपत्यकामा एप्रिल यता नियन्त्रित सीमा रेखामा “सडकहरू पुलहरू र अरू संरचनाहरू” बनाइरहेको झाओले बताए। झाओले भने, “गलवान उपत्यकामा स्थिति सामान्य बन्दै गएका बेला जुन १५ तारिखका दिन फेरि भारतीयहरूले नियन्त्रित सीमा रेखा (एलएसी) पार गरे।”

उनले भने, “सीमामा खटिएका भारतीय फौजले चिनियाँ अधिकारी र सिपाहीहरूमाथि हिंस्रक आक्रमण गरे त्यसपछि भिडन्त भयो र मानिसहरू मारिए।” भारतीयहरूले गलवान उपत्यकामा एप्रिल यता नियन्त्रित सीमा रेखामा “सडकहरू पुलहरू र अरू संरचनाहरू” बनाइरहेको झाओले बताए।”चीनले चालेका कदमहरूबाट पूरै देशले चित्त दुखाएको छ र आक्रोशित बनेको छ,” उनले भने, “भारत आफ्नो सार्वभौमसत्तालाई शिरमा राखेर शान्ति र मित्रता चाहन्छ।”

सोमवारको झडपपछि बोल्दै मोदीले भने, “न कोही विदेशी हाम्रो भूभागमा छ न हाम्रो कुनै चौकी कब्जा भएको छ।”

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार