युइएफए नेसन्स लिगमा स्पेन र जर्मनी विजयी

२०७७ आश्विन २५ आइतबार, एजेन्सी । युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा स्पेनले स्वीट्जरल्यान्डमाथि जित निकालेको छ । स्पेनले घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई १-० ले हराएको हो ।

स्पेनको जितमा खेलको १४औ मिनेटमा मिकेल ओयारजाबालले खेलको एक मात्र गोल गरेका थिए । यो जितपछि स्पेन नेसन्स लिगको समूह ४ मा शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा ७ अंकसहित स्पेन शीर्ष स्थानमा रहेको हो । स्वीट्जरल्याण्डको भने ३ खेलमा केवल एक अंक रहेको छ ।

त्यस्तै गएराती नै भएको खेलमा जर्मनीले युक्रेनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । जर्मनीको जितमा माथिआस जिन्टर र लेओन गोरेटज्काले एक एक गोल गरेका थिए । युक्रेनका रुस्लान मालिनोभ्स्कीले एक गोल फर्काएका थिए ।

यो जितपछि समुह ४ मै रहेको जर्मनीको ३ खेलमा ५ अंक भएको छ भने युक्रेनको ३ खेलमा ३ अंक रहेको छ । अब नेसन्स लिग अन्तर्गत जर्मनीले आगामी बुधबार राति स्वीट्जरल्याण्डसँग खेल्दैछ भने स्पेनले युक्रेनसँग खेल्दैछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार