२०७७ आश्विन २५ आइतबार, एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ ।
अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर सम्मेलनका एक सदस्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भर्खरै भाइरसको साथ अस्पतालमा भर्ना भई उपचारपछि निवासमा फर्किएका समय नेता किमले उत्तर कोरियाली राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको एक मन्तव्यमा भन्नुभयो, “विश्वव्यापी महामारी निम्त्याएको भाइरसको समस्यासँग जुधिरहेका विश्वभरका सबैको सुस्वास्थ्यको कामना छ ।”
उत्तर कोरियाको सरकारी टेलिभिजनले सत्तारुढ मजदुर पार्टीको ७५ औं वार्षिकोत्सव मनाउन प्योङयाङमा शनिबार भएको घण्टौं लामो सैन्य परेडको प्रत्यक्ष प्रसारण गरेको हो ।
सो परेडमा विश्वकै शक्तिशाली मानिएको मिसाइल समेत प्रदर्शन गरिएको थियो । २२ चक्के ट्रकमा लोड गरिएको मिसाइल यस परेडको विशेष आकर्षण रहेको थियो । यो मिसाइल परिक्षण भएको हो या होइन भन्ने बारेमा भने स्पष्ट भएको छैन ।
परेडमा अन्य ससाना मिसाइल सहित सैन्य शक्ति प्रदर्शन गरिएको थियो । करिब २ घण्टासम्म चलेको सो परेडमा एयरफोर्सले समेत आफ्ना एयर परेड गरेको बताइएको छ ।
कार्यक्रमको उद्घाटनको एक प्रचार पोस्टरको चित्रसाथ खोलिएको थियो, जसमा तीन उत्तरी कोरियालीहरूले यसको हथौड़ा, हँसिया र ब्रशको प्रतीकहरू राखेका थिए । पोस्टरमा ‘हाम्रो महान पार्टीको लागि सबैभन्दा ठूलो जीत’ भन्ने नारा लेखिएको थियो ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’