दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा

२०७७ आश्विन २६ साेमबार, काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) टी(ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पाँचौ जित निकालेको छ ।

अबुधाबीमा आइतबार राति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले । दुबै खेलाडी समान ५३ रन बनाएर आउट भए ।

यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डय १२ रनमा अविजित रहदा केइरन पोलार्ड ११ रनमा अविजित रहे ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १ र १ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान श्रेयस आयरले ४२ रन बनाए ।
अजिन्का रहने १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस १३ रन जोड्दा आउट भए । एलेक्स केरी १४ रनमा अविजित रहे ।

मुम्बईका हार्दिक पाण्डयले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए ।जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार