२०७७ आश्विन २६ साेमबार, एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
पेरिसमा आइतबार भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् । नाडालले नोभाक जोकोभिचलाई सिधै सेटमा ६-०, ६-२ र ७-५ ले पराजित गर्दै १३औ पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् ।
यस जितसँगै नाडालले रोजर फेडररको २० ग्राण्ड स्लामको बराबरी गरेका छन् । त्यस्तै आफ्नो १८औ ग्राण्ड स्लामको उपाधि जित्न फाइनलमा उत्रिएका जोकोभिच २ घण्टा ४१ मिनेटको संघर्षपछि पराजित भएका थिए ।
नाडालले १३ फ्रेन्च ओपनसहित चार युएस ओपन, दुई विम्बल्डन र एक अस्ट्रेलियन ओपन गरि कुल २० ग्राण्ड स्लाम जितेका छन् । त्यस्तै क्यारियरमा अहिलेसम्म २० ग्राण्ड स्लाम जितेका फेडररले ८ विम्बल्डन, ६ अस्ट्रेलियन ओपन, ५ युएसओपन र एक फ्रेन्च ओपन जितेका छन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो