शान्तिपूर्ण रुपबाट सीमा समस्या सुल्झाउन भारत र चीनलाई नेपालको सुझाव

२०७७ असार ६ शनिबार, काठमाडौं । क्षेत्रीय र विश्व शान्तिका पक्षमा उभिँदै आएको नेपालले दुई छिमेकी भारत र चीनबीच पछिल्लो समयमा देखिएको सीमा समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाव दिएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह जारी गरेको विज्ञप्तीमा लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्नमा नेपालका दुई मित्रवत छिमेकीहरु समक्ष रहने विश्वास व्यक्त गरिएको छ ।

‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय,क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त छ,’ विज्ञप्तीमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार