२०७७ आश्विन २७ मङ्गलबार, काठमाडौं । नेपाली चलचित्र जगतका एक हस्ती हुन अभिनेता राजेश हमाल । राजेशले केहि समयदेखि यता सञ्चालन गर्दै आएको ‘जातको प्रश्न’ नामक कार्यक्रम अहिले विवादित बनेकाे छ ।
नेपालमा सदियौदेखि हुने गरेका जातीय विभेद र छुवाछुतका घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त कार्यक्रमका कारण अभिनेता हमाल विवादमा परेका हुन् । क्रिश्चियनको लगानीमा हिन्दू धर्मावलम्बीहरूमाथि प्रहार भएको भन्दै हिन्दू समर्थकहरुले सोमबार अभिनेता हमालको फोटो जलाएका छन् ।
कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार साढे ६ बजेबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘जातकाे प्रश्न’ मा ‘क्रिश्चियन एड नेपाल’ को लगानी रहेको बुझिएको छ । क्रिश्चियनको लगानीमा निर्माण भएको कार्यक्रममा हिन्दूहरुलाई बदनाम गर्ने काम भएको भन्दै हिन्दू समर्थकहरुले हमालको विरोध गरेका हुन् ।
८० प्रतिशतभन्दा बढी हिन्दूहरुको बसोबास रहेको नेपालमा उनीहरुलाई नै बदनाम गर्ने गरी सुरु भएको कार्यक्रम तत्काल बन्द गर्नुपर्ने हिन्दू समर्थकहरुको माग रहेकाे छ । हमाललाई उनका शुभचिन्तकहरुले ‘पहिले बुझेर मात्र कार्यक्रम चलाउनुपर्थ्याे’ भन्दै कमेन्ट गरेको देखिन्छ ।
हिन्दू धर्मावलम्बीहरुलाई बदनाम गर्ने उद्देश्यले ‘जातकाे प्रश्न’ निर्माण गरेको भन्दै विरोध हुन थालेपछि समता फाउन्डेसनले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति पूर्वाग्रह राखिएको छैन ।’
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’