२०७७ आश्विन २८ बुधबार, एजेन्सी । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ ।
कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार यूकेस्थित डेली मेलको अनलाइन भर्सनले जनाएको छ ।उक्त अनलाइनले भनेको छ, क्रिश्चियानो रोनाल्डोले कोरोना भाइरसको परीक्षण गराएको र नतिजा पोजिटिभ आएको छ ।
स्पेन र फ्रान्सविरुद्ध राष्ट्रिय टोली पोर्चुगलबाट खेलेको भोलिपल्ट गरिएको परीक्षणमा रोनाल्डोलाई संक्रमण देखिएको हो । कोरोना पोजिटिभ देखिएलगत्तै उनले टिमबाट बाहिरिएको र बुधबार स्वीडेनसँगको खेल पनि छुटाउनु पर्ने भएको जनाइएको छ ।
३५ वर्षीय स्टार खेलाडी रोनाल्डोले खेलका क्रममा टिमका साथिहरुसँग फोटो खिचाएकाले अरुलाई पनि संक्रमण भयो कि भन्ने त्रास बढेको छ ।

कुनै लक्षण नदेखिएका उनी अहिले सेल्फ आइसोलेसनमा रहेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’