२०७७ आश्विन २८ बुधबार, एजेन्सी । ब्राजिलले विश्वकप छनौट चरणको दोस्रो खेलमा पनि जित हासिल गरेको छ । फरवार्ड नेयमारले ह्याट्रिक गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४–२ ले पराजित गरेको हो ।
खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न सफल भएको थियो । खेलमा पेरुलाई अग्रता दिलाउने क्रममा छैटौं मिनेटमा आन्द्रे क्यारिलोले गोल गरेका थिए । तर, २८ औं मिनेटमा ब्राजिलले पेनाल्टी पाउँदै खेलमा पुनरागमन गर्यो । उक्त पेनाल्टीमा नेयमारले गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ५६ औं मिनेटमा रेनाटो टापियाले गोल गर्दै पेरुलाई पुनः अग्रता दिलाए । तर ८ मिनेटपछि नै ब्राजिलका रोबर्टो फिर्मिनोको हेडरमा रिचार्लीसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ८३ औं मिनेटमा नेयमारले पुनः पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । एक मिनेट समय बाँकी हुँदा पेरु १० खेलाडीमा सिमित भयो । कार्लोस जाम्ब्रानोले ब्राजिलका खेलाडीमाथि हात उठाउँदा रेफ्रीले रातो कार्ड देखाए । ९०औं मिनेटमा नेयमारले गोल गर्दै ४–२ को जित पक्का गरे ।
लगातार दोस्रो जितसँगै ब्राजिल छनोट तालिकाको शीर्ष स्थानमा पुगेको छ । अर्जेन्टिना पनि २ खेलमा ६ अंकसहित गोल अन्तरमा दोस्रो स्थानमा छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’