२०७७ आश्विन ३० शुक्रबार, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ९१ लाख नाघेको छ भने ११ लाख २ हजारभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ९१ लाख ५१ जार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख २ हजार ४१८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ९३ लाख ६९ हजार ७७२ जना कोरोना मुक्त भएका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख २२ हजार ७१२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ८२ लाख १५ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार १३ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ८६९ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १२ हजार ११४ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ८३३ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ६० हजार ३६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५१ लाख ७० हजार ९९६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७३४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ५१३ पुगेको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’