कोरोना नियन्त्रणमा ध्यानाकर्षण गराउन फ्रान्सको स्वास्थ्य मन्त्रालयमा रातो रंग पोतियो

प्रदर्शनकारीले रातो रंग स्प्रे गरेपछि रंग सफा गर्दै गरेकाे एक दृश्य

२०७७ असार ७ आइतबार, एजेन्सी । कोरोना नियन्त्रणमा ध्यान नदिएको भन्दै प्रदर्शनकारीले फ्रान्सको स्वास्थ्य मन्त्रालय रातो रंगले पोतेर विरोध जनाएका छन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको रगत देखाउन प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा रातो रंग स्प्रे गरेर सांकेतिक विरोध गरेका हुन् ।

पीपीई सेट लगाएका र नलगाएका दुई जना व्यक्तिले पेरिसस्थित स्वास्थ्य मन्त्रालयमा रातो रंग स्प्रे गरेका हुन् । प्रदर्शनकारीले भनेका छन्– हाम्रा स्वास्थ्यकर्मीहरुले जीवन रक्षाका लागि भन्दै आएका छन् तर हाम्रो सरकार सुन्दैन । अस्पतालमा सुविधा छैन । स्वास्थ्यकर्मीसँग उपकरणहरु छैन ।

हालै फ्रान्स सरकारले स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त भत्ता दिने घोषणा गरेको थियो तर स्वास्थ्यकर्मीहरुले आफूहरुलाई बेवास्ता गरिएको भन्दै सरकारविरुद्ध प्रदर्शनसमेत गरेका थिए । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १ लाख ९६ हजार बढी कोरोना संक्रमित छन् भने कोरोना संक्रमणकै कारण २९ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार